© 2026
बुटवल । रूपन्देहीका मानव अधिकारकर्मी तथा राजनीतिक दलका नेताहरूले मानव अधिकारको संरक्षण, प्रेस स्वतन्त्रता र सुशासन कायम गर्नुपर्ने सरकार नै सञ्चारमाध्यम र पत्रकारमाथि धरपकडमा उत्रिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।
समाजका केन्द्रीय पूर्वसभापति गोविन्द खनाल तथा वर्तमान महासचिव प्रकाश शाही, सचिव डिपी खनाल, केन्द्रीय प्रयवेक्षक कृष्ण रावल,रूपन्देहीका वर्तमान सभापति हरिस ढकाल पूर्व सभापति कृष्ण भट्टराई लगायतले पनि संस्थाको उद्देश्य र मानव अधिकार संरक्षणका सवालमा धारणा राखेका थिए ।
साधारण सभामा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए । नेकपा एमाले रूपन्देहीका सचिव बाबुराम पन्थी, नेपाली कांग्रेसका हरिप्रसाद अर्याल, र नेकपाका महेन्द्र भुसाललगायतले जेनजी आन्दोलनका नाममा विद्रोह गराएर बनेको सरकारले सुशासन र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउँदै लगेको आरोप लगाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बुटवल नगर सभापति राजेन्द्र पाण्डेले भने त्यसको खण्डन गरे । मानव अधिकार तथा शान्ति समाजले मानव अधिकार संरक्षण, अहिंसा, लोकतान्त्रिक संस्कार र सामाजिक न्यायका पक्षमा नागरिक अभियान सञ्चालन गर्दै आएको छ ।
साधारण सभामा वक्ताहरूले यी अभियानलाई थप प्रभावकारी बनाउँदै सरकारलाई जवाफदेही बनाउन नागरिक समाजको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिएका छन् । साधारण सभाले कपिल ज्ञवाली सभापति रहेको नयाँ समिति गठन गरेको छ ।
जसको उपसभापति कृष्ण पाण्डे, सचिव लिलाधर लुइटेल सहसचिव सीता पौडेल, कोषाध्यक्ष मोहनीलाल न्यौपाने सदस्यहरूमा उमा देवकोटा, दिनेशमणी सुवेदी, विष्णु शर्मा भट्टराई, कल्पना रसाइली , सीता पोखरेल, गंगा गैरे , अर्जुन कुंकर सदस्य रहेका छन् ।