Butwal Today

भीमफेदी दुर्घटनाले मर्माहत बनाएको छः सभापति थापा

२६ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

ललितपुर ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति थापाले आज शोक बक्तव्यमार्फत काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु भएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।

उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । सभापति थापाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवारजनलाई उक्त असह्य पीडा सहनसक्ने शक्ति मिलोस् भन्ने कामना गरे ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत आज बिहान चिसापानी गढीमा माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मृतकमध्ये दुई जनाको मात्र पहिचान खुलेको र अन्यको पहिचानको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?