Butwal Today

रामग्राम नगरपालिकामा प्याराफिट सहितको रंगशाला

२२ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

सुनवल । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा पहिलो प्याराफिट सहितको रंगशाला निर्माण भएको छ । रामग्राम ४ जितपुरस्थित पाल्ही बहुमुखी क्याम्पसको छेउमा निर्मित रंगशालाको शनिवार एक कार्यक्रमका बिच रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले उद्घाटन गरे ।

साढे ६ करोड लागत अनुमान गरी पाँच करोड १० लाखमा ठेक्का सम्झौता भई निर्माण भएको उक्त रंगशालामा ६ सय ३० दर्शक अट्ने प्याराफिट निर्माण गरिएको छ । जसबाट खेल संञ्चालन भएको समयमा दर्शक प्याराफिटमा बसेर खेलको आनन्द लिन सक्ने छन् । यसअघि रामग्राममा पूर्वाधार सहितको रंगशाला नहुदाँ खेल सञ्चालनमा समस्या हुदैँ आएको थियो । रंगशालाको उद्घाटन गर्दै नगर प्रमुख यादवले नगरपालिकाले सिमित स्रोत र साधनका बिच हरेक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न यो रंगशाला सहयोगी हुने उनको भनाई थियो । नगरपालिकामा अहिले रंगशाला सहित ठुला पूर्वाधार निर्माणको काम धमाधम सम्पन्न हुने चरणमा रहेको नगर प्रमुख यादवले बताए ।

उनले खेलकुद सहित शिक्षा, स्वास्थ्यको विकास गर्दै पर्यटन प्रर्वद्धन मार्फत सम्वृद्ध रामग्राम बनाउने अभियानमा केन्द्रित भएको बताए ।रंगशाला उद्घाटन कार्यक्रममा उपप्रमुख सम्झना चौधरीले खेलकुद मार्फत युवाहरूलाई दूव्र्यसनीमा फस्नबाट रोक्न सकिने धारणा व्यक्त गर्नुभयो । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि पाण्डेले खेलकुद सबैलाई जोड्ने आधार भएको बताउदै खेलले आपसी सद्भाव बढाउन ठुलो भूमिका खेल्ने धारणा व्यक्त गरे ।

यसैगरी काग्रेसका कार्यवाहक सभापति विक्रम यादव, नेकपाका इन्चार्ज भविश्वर तिवारी आजाद, राप्रपाका अध्यक्ष रामभवन यादव, जनमत पार्टीका केन्द्रीय सचिव बिजी चौधरी, जनता प्रगतिशिल पार्टीका अध्यक्ष राधेरमण पाण्डे, नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष विकास अधिकारी लगायतले खेलकुदको विकासका सन्र्दभमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?