© 2026
काठमान्डौँ ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले सर्वाधिक ३५ रन बनाए । त्यस्तै, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलनले २४, इशान पाण्डेले २३, आरिफ शेखले ११ र कप्तान दीपेन्द्रसिंह ऐरीले १० रनको योगदान दिए ।