© 2026
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएका मोहन भुसाल अहिले पेट, आन्द्रा तथा कलेजोसम्बन्धी रोगका बिरामीका लागि परिचित नाम बनेका छन् । जन्मभूमिको माटोबाट सुरु भएको यात्रा चिकित्सा क्षेत्रको विशेषज्ञतासम्म पुगेको छ । वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा हेपाटोलोजिस्टका रूपमा उनी अहिले बिरामीको उपचार र सेवामा समर्पित छन् ।
चिकित्सा क्षेत्रमा विशेषज्ञता हासिल गरेपछि डा. भुसालले राजधानी काठमाडौंलाई मात्र आफ्नो कार्यक्षेत्र बनाएनन् । लुम्बिनी प्रदेशको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकसित हुँदै गएको बुटवललाई कर्मभूमि बनाएर उहाँले राजधानीबाहिरै रहेर गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।्
हाल बुटवलस्थित ग्यास्ट्रो सेन्टरमा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिस्टका रूपमा कार्यरत उनी पेट, आन्द्रा, पाचन प्रणाली तथा कलेजोसँग सम्बन्धित रोगको पहिचान, उपचार र व्यवस्थापनमा सक्रिय छन् ।
पेट दुख्ने, ग्यास्ट्रिक हुने, पाचन प्रक्रियामा समस्या देखिने, आन्द्रा तथा कलेजोसँग सम्बन्धित रोगबाट पीडित हुने बिरामीले समयमै विशेषज्ञ चिकित्सकको परामर्श पाउन नसक्दा उपचारमा ढिलाइ हुने गरेको छ । विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा लिन ठूला सहर धाउनुपर्ने बाध्यता छ ।
यही अवस्थालाई मध्यनजर गर्दै डा. भुसालले विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । शिविरमार्फत स्थानीय
नागरिकलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचारसम्बन्धी जानकारी प्राप्त गर्ने अवसर मिल्दै आएको छ ।
ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजोसम्बन्धी रोगको उपचारसँगै रोग व्यवस्थापन र पछिल्ला चिकित्सा अभ्यासबारे हुने विभिन्न छलफल तथा अन्तरक्रियामा समेत डा. भुसाल सहभागी हुँदै आएका छन् । पेट तथा कलेजोसँग सम्बन्धित रोगलाई सामान्य ठानेर बेवास्ता गर्दा पछि जटिल समस्या निम्तिन सक्ने भएकाले समयमै स्वास्थ्य परीक्षण र विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ ।
सन्धिखर्कमा जन्मिएर विशेषज्ञ चिकित्सकका रूपमा स्थापित हुनुभएका डा. भुसालको यात्रा अर्घाखाँचीका लागि गौरवको विषय बनेको छ । आफ्नो जन्मभूमिबाट टाढा रहेर पनि जिल्लासहित आसपासका क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उनको प्रयासले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
चिकित्सा क्षेत्रको ज्ञान, सीप र अनुभवलाई बिरामीको सेवामा लगाउँदै आएका डा. भुसालको परिचय अहिले एउटा विशेषज्ञ चिकित्सकमा मात्र सीमित छैन, राजधानीबाहिर पनि गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा सम्भव छ भन्ने उदाहरणका रूपमा समेत स्थापित हुँदै गएको छ ।