© 2026
काठमान्डौँ ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा पेस गरेको हो ।
अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता प्रक्रियामा अनियमितता भएको दाबी गरेको छ । हाल मुद्दा रुजु हुने क्रममा रहेको छ ।
यसअघि पनि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उक्त मुद्दा हाल विचाराधीन अवस्थामा छ ।