Butwal Today

अवरुद्ध रुद्रबेणी‐बुर्तिवाङ सडक अझै सञ्चालनमा आउन सकेन 

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-
गुल्मी । पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । जिल्लाको सत्यवती गाउँपालिका‐४, खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदो सहित ठूलो चट्टान खसेपछि सोमबार अपरान्हदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको हो ।
सडकमा ठूलो ढुङ्गा खसेका कारण एक्साभेटर र ब्रेकरको सहायताले मात्र चट्टान फुटाउनुपर्ने अवस्था रहेकाले तत्काल सडक सुचारु गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।
अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय गाउँपालिकाले निरन्तर प्रयास गरिरहेका छन् । सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले आज बिहानदेखि नै उक्त ठाउँमा एक्साभेटर र जेसिभी परिचालन गरिएको बताए । उनका अनुसार ठूलो चट्टान भएकाले ब्रेकरको सहायताले चट्टान फोड्ने काम भइरहेको छ ।
चाडपर्वको समयमा मुख्य सडक नै अवरुद्ध बनेपछि उक्त सडकखण्ड भएर आवतजावत गर्ने सम्पूर्ण सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । गुल्मीको रुद्रबेणीहुँदै बागलुङको बुर्तिवाङदेखि पूर्वी रुकुम आवजतावत गर्ने उक्त सडक यस क्षेत्रको अत्यन्तै व्यस्त सडकखण्ड अन्तर्गत पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?