Butwal Today

सल्यानमा ५० हजार राशीको खुला भलिबल प्रतियोगिता

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

सल्यान ।

शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर सल्यानमा ५० हजार रुपैयाँ प्रथम पुरस्कार राशिको खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी सल्यानको आयोजनामा हुन लागेको प्रतियोगिताले खेलकुदमार्फत युवाबीच एकता, सहकार्य र आपसी सद्भाव बढाउने लक्ष्य राखेको छ ।

‘युवाको एकता खेलकुदमा शान, समृद्ध समाज युवा संघ सल्यानको अभियान’ भन्ने नारासहित प्रतियोगिता बुधबार देखि शुक्रवार ९यहि कार्तिक १८ देखि २० गते० सम्म सञ्चालन हुनेछ । कपुरकोट गाउँपालिका, ४ स्थित घंघारीचौर खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले बुधबार बिहान १० बजेसम्म नाम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी टिमका लागि पाँच हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुने टिमले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेता टिमलाई नगद पुरस्कारसँगै प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।

पर्वको अवसरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै स्थानीयस्तरमा रहेका प्रतिभावान खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल सल्यानका अध्यक्ष प्रेम घर्तीले जानकारी दिए ।

प्रतियोगिताले युवाहरूलाई खेलकुदमा जोड्दै आपसी भाइचारा, सद्भाव र सामाजिक एकता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजकले प्रतियोगितामा सहभागी हुन तथा खेल अवलोकन गरी सफल बनाउन सम्पूर्ण खेलप्रेमी र सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?