© २०२३
काठमाडौँ ।
सरकारले आज यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने भएको छ। उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मंगलबारै वार्ताको लागि पहल गर्ने बताएका छन् ।
मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका अनुसार मन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिलाई आज बिहान साढे ८ बजे छलफलका लागि मन्त्रालयमा बोलाएका छन् ।
सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको श्रेष्ठको भनाइ छ।
यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार गठन भइसकेको छ। कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ।