© 2026
काठमान्डौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।
काठमाडौँले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा मोइन अलीले अर्धशतकीय पारी खेल्दै महत्त्वपूर्ण योगदान दिए ।
यसअघि पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग पराजित भएको थियो । यता, काठमाडौँले भने प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको छ ।