Butwal Today

सुदूरपश्चिम रोयल्सको पहिलो जीत

१२ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जीत निकालेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । यसअघि उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग सुदूरपश्चिम सात विकेटले पराजित भएको थियो।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । उनले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् । इशान पाण्डेले ३७ तथा ब्रान्डन म्याकमुलेनले २२ रन बनाए । पोखराका धनञ्जय लक्षण, मेहदी हसन र साकिब अल हसनले १र१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो । पोखराका अर्जुन घर्तीले २५ बलमा अविजित ४० रन बनाए। मेहदी हसनले ३२ तथा कप्तान कुशल भुर्तेलले २१ रन जोडे । साकिब अल हसनले १४ र धनञ्जय लक्षणले ११ रन बनाए।

सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा तीन विकेट लिए। हेमन्त धामी, स्कट कुगेलेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १र१ विकेट लिए ।

एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् । तेस्रो संस्करणको प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?