© 2026
लमही ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने र सार्वजनिक यातायातलाई सुरक्षित बनाउने उद्देश्यले दाङको लमही नगरपालिका ( ८, सतबरियास्थित पूर्व ( पश्चिम राजमार्गमा विशेष सडक सुरक्षा तथा मेकानिकल चेकजाँच कार्यक्रम सम्पन्न भएको छ ।
सवारी साधनमा हुने प्राविधिक गडबडीका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै, प्राविधिकसहितको प्रहरी टोली राजमार्गमै खटिएर सवारी साधनहरूको परीक्षण गरेको थियो । परीक्षणमा वडा प्रहरी कार्यालय लमही, प्रहरी चौकी सतबरिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त सहभागिता रहेको थियो । सो क्रममा राजमार्गमा सञ्चालित लामो तथा छोटो दुरीका मालवाहक तथा यात्रुवाहक गरी जम्मा ८५ वटा सवारी साधनको मेकानिकल चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्राविधिक परीक्षणका साथै चालक, सहचालक र यात्रुहरूलाई लक्षित गर्दै सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक अन्तरक्रिया समेत गरिएको थियो । यसैगरी, सार्वजनिक सवारी साधनमा हुन सक्ने यौनजन्य दुर्व्यवहारलाई निरुत्साहित गर्न र त्यस्ता घटना विरुद्ध अपनाउनुपर्ने कानुनी उपचारका विषयमा पनि विशेष सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ । प्राविधिक परीक्षण र सचेतनालाई सँगसँगै अगाडि बढाइएको यस कदमले सडक सुरक्षा प्रवर्द्धन गर्नुका साथै यात्रुहरूको यात्रा थप सुरक्षित र मर्यादित बन्ने अपेक्षा गरिएको छ ।