© २०२३
२९ माघ, बुटवल । लुम्बिनी प्रदेश सरकारका ७ जना मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई सपथ दिलाएका हुन् । पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका थिए ।
समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पुर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले सपथ लिएका हुन् । दिउँसो १ बजे प्रदेश सभा भवन परिसरमा हुने भनिएको कार्यक्रम हावा हुरीले मंच र टेन्ट भत्काइदिएपछि मंच ब्यवस्थापन र माइक जडन गर्न समय लाग्दा अदुई घन्टा ढिला भएको हो । यसअघि मुख्यमन्त्री लिला गिरीसंगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीले पुस २७ गते नै सपथ लिएका थिए । आचार्यले खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय र केसीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नव नियुक्त मन्त्रीहरुमा महरा र इन्द्रजित माओवादी केन्द्रका हुन् भने पन्थी, दुर्गाप्रसाद र शर्मा एमालेका हुन् । यस्तै मन्त्री यादव राप्रपाका र गुप्ता जनमत पार्टीका हुन् ।
सरकारलाई समर्थन गरेको जसपा, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएका छन् । यसअघि माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री हुंदा १३ मन्त्रालय थिए । सपथ ग्रहण समारोहमा पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी,विभिन्न दलका नेता कार्यकर्ता संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रदेश प्रमुखहरुको सहभागिता रहेको थियो ।