© २०२३
बुटवल, २९ माघ ।
लुमिबनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अधिवक्ता खुमाकान्त पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका छन् ।
लुम्बिनी प्रदेश कानून आयोगका पुर्व सदस्य रहेका पौडेललाई मुख्यमन्त्री गिरीले प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्य न्यायाधिवक्ता पौडेलको आजै दिउँसो १ बजे सपथग्रहण हुँदेछ ।
मुख्य न्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतको मुख्य न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्ने व्यवस्था छ ।