Butwal Today

‘स्वर्गीय रमा देवी स्मृति टी–१० क्रिकेट कप’

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

अर्घाखाँची । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन र खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यसहित खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। स्वर्गीय रमा देवीको स्मृतिमा उहाँको परिवारले ‘लेट रमा देवी मेमोरियल टी–१० क्रिकेट कप’ आयोजना गर्न लागेको हो ।

प्रतियोगिता यहीँ असोज २७ गतेदेखि सन्धिखर्कको टुडीखेलमा सञ्चालन हुने आयोजक परिवारका शोभाखर खत्रीले बताएका छन् ।

प्रतियोगिताको विजेता टोलीले एक लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६० हजार रूपैयाँ पाउनेछ । यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी अर्थात् म्यान अफ द सिरिजलाई १५ हजार रूपैयाँ प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले जनही पाँच हजार रूपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलका उत्कृष्ट खेलाडी अर्थात् ‘म्यान अफ द म्याच’लाई दुई हजार एक सय रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

स्वर्गीय रमा देवीको स्मृतिलाई जीवन्त राख्दै खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगिताले जिल्लाको क्रिकेट विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?