© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै दुईवटा पुल बगाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको उल्लेख गर्दै उनले नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।
विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न थापाले कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।