Butwal Today

विदेशी मुद्रासहित दुई जना पक्राउ

१० मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

काठमाडौँ ।

स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँका जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनको बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो ।

उनीहरूबाट नेपाली रु ५० लाख ५० हजार, ओमानी रियाल चार हजार २१५ र संयुक्त अरब इमिरेट्सको ५५ दिराम बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?