© 2026
गोरखा । बूढीगण्डकीमा बाढी आएपछि त्रिशूली नदी किनारसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।
चुमनुव्री ६ स्थित लोक्पा र चुम्लिङबीचको स्यार खोलामा पहिरो खसेर थुनिँदा बूढीगण्डकीमा बाढी आएको अनुमान गरिएको छ । स्यार खोला बूढीगण्डकीको सहायक नदी हो ।
बुढीगण्डकी नदीको तटीय क्षेत्रमा प्रहरीले अहिले माइकिङ गरिरहेको छ । प्रहरीले नदी तटीय क्षेत्रमा माइकिङ गरेर सावधानी अपनाउन आग्रह गरेको हो ।