© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ ।
यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारित मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको हो ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका छन् ।