ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

माओवादी केन्द्रमा पुरानै कार्यविभाजन ब्युँतियो

२६ माघ २०७९, बिहीबार
२६ माघ २०७९, बिहीबार

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई ब्युँताएको छ । आठौँ महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताहरुको कार्यविजन गर्न नसकेको माओवादीले महाधिवेशन अघिकै कार्यविभाजनलाई ब्युँताउने निर्णय गरेको स्रोतले बतायो । माओवादी केन्द्रका नेता गणेश साहले पार्टीले पुरानै कार्यविभाजनलाई ब्युँताएको पुष्टि गरे । तर, सह–ईञ्चार्जको व्यवस्था हाललाई नराख्ने निर्णय भएको उनको भनाइ छ । अर्का एक नेताले प्रदेश समन्वय समितिको बैठक राखी सबै केन्द्रीय सदस्य र प्रदेश सदस्य सहित सबै नेताहरुको जिम्मेवारी तोक्दा एकपद एक कार्यकारी जिम्मेवारीमा जोड दिने हालै सम्पन्न स्थायी कमिटी बैठकले तय गरेको पनि बताए ।

यस्तै केन्द्रीय सदस्यहरुलाई संघको निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, महानगरपालिका र उप–महानगरपालिकामा कार्यरत रहने गरी जिम्मेवारी ठोस गर्ने पनि तय भएको छ । यसबाहेक प्रदेश समन्वय समितिको निर्णय केन्द्रीय समितिकै अंग हुनेगरी पार्टीले व्यवस्था पनि गरेको छ ।

माआवादी कार्यविभाजनअनुसार पदाधिकारी २२ सदस्यीय बनाएको छ । नेता अग्ति सापकोटालाई उपाध्यक्षमा मनोनीत गरिएसँगै २२ सदस्यीय बनेको हो । यस्तै उपमहासचिव पम्फा भुसाललाई उपाध्यक्षमा बढुवा गरिएको छ ।

महाधिवेशनअघि माओवादी अर्थ विभागको प्रमुखमा वर्षमान पुन रहेका थिए भने कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा बाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, प्रवक्तामा कृष्ण बहादुर महरा, संगठन विभागमा जनार्दन शर्मा प्रमुख रहेका थिए ।

यस्तै यसैगरी स्कुल विभागमा प्रचण्ड तथा प्रमुखमा गिरिराजमणि पोखरेल थिए । यस्तै नारायणकाजी श्रेष्ठ प्रवास समिति इन्चार्ज थिए ।  यस्तै माओवादीले त्यतिबेला प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?