© 2026
पाल्पा ।
पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसाय समितिको अध्यक्षमा टंकनाथ घिमिरे निर्वाचित भएका छन् ।
तानसेनमा सम्पन्न समितिको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत शिवप्रसाद देवकोटाले नयाँ पदाधिकारी सर्वसम्मत निर्वाचित भएको जानकारी दिए ।
समितिको वरिष्ठ उपाध्यक्षमा अमनप्रसाद श्रेष्ठ, उपाध्यक्षमा शुसिल नेपाल र महिला उपाध्यक्षमा रञ्जना अर्याल निर्वाचित भएका छन् ।
यस्तै, महासचिवमा कमलप्रसाद पाण्डे, सचिवमा धिरेन प्रधान, कोषाध्यक्षमा माधवप्रसाद पाण्डे र सह–कोषाध्यक्षमा रामप्रसाद खनाल निर्वाचित भएका छन् ।
वरिष्ठ सदस्यमा अशोक महर्जन तथा सदस्यहरूमा श्रवणकुमार श्रेष्ठ, रविन्द्र बज्राचार्य, निरज मल्ल, अस्मिता पंगेनी, विष्णुमाया घिमिरे, अर्जुनबहादुर पाण्डे क्षेत्री, निसव गुप्ता र कमल पाण्डे निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष घिमिरे तानसेन नगरपालिका–१२ अवलमा रहेको रानीमहल रिसोर्ट प्रालिका सञ्चालक हुन् ।