Butwal Today

तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य

२९ भाद्र २०८३, सोमबार
अ+
अ-

दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतक भएको बताएका छन् ।

आज तीजका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताएका छन् ।

उनले तीजका माध्यमबाट महिला अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तीकरण तथा सामाजिक रुपान्तरणका विषयमा जागरण फैलिँदै गएको उल्लेख गरेका छन् ।

परिवार, समाज र राष्ट्र निर्माणमा महिलाको योगदान अतुलनीय रहेको भन्दै मुख्यमन्त्री आचार्यले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा, अन्याय र असमानताको अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

मुख्यमन्त्री आचार्यले तीजका अवसरमा समाजमा रहेका कुरीति, अन्धविश्वास, हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक चेतना अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

उनले तीजको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै अनावश्यक तडकभडक र खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?