© 2026
बर्दघाट ।
मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ३ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जिति पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १३ रनको योगफल तयार पारेको हो ।
ओपनर ब्याटर आशिफ शेखको सतकिय पारीको मद्दतमा नेपालले प्रतियोगिताकै विशाल योगफल तयार पारेको छ । शेखले १ सय ६ बलमा १ सय २ रनको पारी खेले । उनले ४ छक्का र ८ चौका प्रहार गरेका थिए ।
नेपाललाई उच्च स्कोरतर्फ डोर्याउन मध्य क्रमका गुलशन झा ले ५२ रनको अर्ध सतकिय पारी खेले । उनले ४ छक्का र ३ चौकाको मद्दतमा मात्र ३८ बलमा अर्धसतक पुरा गरे । ओपनर ब्याटर अर्जुन कुमालले ४३ रन बनाउँदा रोहित पौडेलले ४० रनको महत्त्वपूर्ण पारी खेले ।
नेपालको लागि दीपेन्द्र सिँह ऐरीले १८ रन, इशान पाण्डेले १३, सन्दिप जोराले ७, करन के.शी. ले १, बसिर अहमदले मात्र ४ बलमा १५ रन बनाउँदै अविजित रहे । ४५ औँ ओभरसम्म मात्र ४ विकेट गुमाएको नेपालले बाँकी ५ विकेट पछिल्लो ५ ओभरमा गुमाएको थियो ।
युएईका लागि इबरार अहमदले ४, विन तनविरले २ तथा हैदर अलि र अदिव उस्मानीले समान एक एक विकेट लिए ।
जारी प्रतियोगिताको विजेता टोलीले आगामी एसिया कपमा स्थान पक्का गर्नेछ ।