Butwal Today

परराष्ट्रमन्त्री खनालसँग अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

२६ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताइन । उनले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको जानकारी गराइन ।

परराष्ट्रमन्त्री खनालले यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकामा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति आभार व्यक्त गरे । मन्त्री खनालले नेपालमा राहत तथा पुनःस्थापनापछि पुनर्निर्माणको चरणसम्म अमेरिकी सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?