© 2026
लमही ।
देउखुरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी भदौ २७ गते हुने निर्वाचनमा सबै पदमा एकल उम्मेदवारी परेपछि अध्यक्षसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
सोमबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने क्रममा कुनै पनि पदमा एकभन्दा बढी उम्मेदवारी नपरेपछि निर्वाचन समितिले सबै उम्मेदवारलाई निर्विरोध निर्वाचित घोषणा गरीएको हो ।
निर्वाचन समितिका संयोजक शिव वलीका अनुसार तोकिएको समयभित्र प्रत्येक पदमा एकरएक जनाको मात्र उम्मेदवारी परेको थियो । त्यसअनुसार संघको अध्यक्षमा ईश्वरप्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा शारदा सुवेदी, महिला उपाध्यक्षमा मेनका केसी, उद्योग उपाध्यक्षमा डिल्लीराज खनाल र वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा सुदिप पाण्डेय, कोषाध्यक्षमा अन्जुल अली, सचिवमा बुद्धिराम भुसाल र सह–कोषाध्यक्षमा अकबर अली निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी सदस्य उद्योगतर्फ डिल्लीराज अधिकारी, सदस्य वाणिज्यतर्फ सुन्दर केसी र थम्मन चौधरी तथा महिला सदस्यतर्फ राधा खनाल, एलिजा गुरुङ र खिमलाल खनाल निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यतर्फ राकेश चौधरी, विष्णी कुमारी बस्नेत, झपेन्द्रबहादुर वली क्षेत्री र सुनील मन्त्री निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले निर्विरोध निर्वाचित उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै आगामी निर्वाचन प्रक्रिया तथा सपथ ग्रहण कार्यक्रमसम्बन्धी थप जानकारी कार्यालयबाट अर्को सूचना जारी गरी गराइने जनाएको छ ।