Butwal Today

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

२० भाद्र २०८३, शनिबार
अ+
अ-

काठमाडौँ ।

सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब रु दुई करोड ४० लाख बराबरको ‘एप्पल एयर वर्डस’ (एप्पल कम्पनीले निर्माण गरेको बिना तारको एयरफोन)  बरामद गरेको छ ।

अवैधतरिकाले नेपालतर्फ ल्याउँदै गरेको एक हजार २०० थान एयर वर्डस सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोष्ट खैरवनीले संयुक्त रूपमा बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति भने सशस्त्रको गस्ती टोलीलाई देख्नासाथ फरार भएका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । बरामद सामग्री सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?