Butwal Today

सङ्खुवासभामा गोली प्रहारबाट शिक्षकको हत्या

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

सङ्खुवासभामा गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ । मकालु गाउँपालिका–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको सङ्खुवासभाका डीएसपी कुमार मैनालीले जानकारी दिए । राई कालिका आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए ।

हत्यामा भरुवा बन्दुक प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी मैनालीले बताए । सदरमुकामबाट करिब १० घण्टाको दूरीमा रहेको घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली पुगेको छ । डीएसपी मैनाली पनि घटनास्थलतर्फ जाँदैछन् ।

घटनास्थलमा स्कुल परिसरमै राईको शव भेटिएको थियो । प्रहरीले मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ । घटना बिहीबार साँझ भएको बताइएको छ ।

हत्यामा संलग्न व्यक्तिको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको डीएसपी मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?