© 2026
बुटवल ।
बुटवलको कालिका नगरमा रहेको कार संसारले भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
बुटवलमा लामो समयदेखि पुराना गाडीको डेकोरसम्बन्धी व्यवसाय गर्दै आएका कार संसारका सञ्चालक देवराज अर्यालले देशलाई दुःख परेका बेला सहयोग गर्नु सबैको दायित्व भएको बताए । बाढीबाट प्रभावितहरूलाई केही राहत मिलोस् भन्ने उद्देश्यले आफूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम नगद सहयोग गरेको उनले बताए ।