© 2026
काठमाडौँ ।
रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक हजार २५२ जनाको शव फेला परेको छ । भारतको सीमावर्ती क्षेत्रमा फेला परेका शव नवलपरासी पश्चिम जिल्लामा बुझाइएको छ ।
सङ्कलन गरिएकामध्ये हालसम्म ९५ शव आफन्तलाई हस्तान्तरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरागरी हालसम्म २१३ महिला, ३१४ पुरूष र ३७० नखुलेको गरी जम्मा ८९७ वटा शव माटोमुनि सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ ।
पहिचान नभएका ९५९ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।
हालसम्म बेपत्ता भएका चार हजार ८७५ जनाको खोजी भइरहेको छ । नुवाकोट र रसुवालगायत जिल्लामा रहेका ‘होल्डिङ सेन्टर’मा तीन हजार १२६ जनाले आश्रय लिइरहेका छन् ।