Butwal Today

अमेरिकी संस्थाबाट आयो ४० टन राहत सामग्री

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

रसुवा बाढीपीडितका लागि अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमान्डौँ आइपुगेको छ ।

राहत सामग्रीमा बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत २ हजार ६ सय परिवारलाई सहयोग पुग्ने पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्रीका किट तथा सौर्य बत्तीहरू समावेश छन् ।

नेपालको आवश्यकताअनुसार जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग नजिकबाट समन्वय गरिरहेको अमेरिकी दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?