© 2026
काठमान्डौँ ।
काठमाडौँबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङ मार्ग सञ्चालनमा ल्याइएको छ ।
नागढुंगा–पातले वन क्षेत्रमा सडक भासिएपछि केही समयदेखि आवागमन प्रभावित भएको थियो । अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी साधन र मोटरसाइकललाई भने सोही स्थानबाट एकतर्फी रूपमा आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ ।
विभागका अनुसार सडक भासिएको स्थानमा प्राविधिक अध्ययन गरेपछि मात्रै मर्मतको काम सुरु गरिनेछ । मर्मतपछि सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको विभागले जनाएको छ ।