Butwal Today
एसीसी पुरुष प्रिमियर कप

बहराइनविरुद्ध सन्दीप चम्किँदा नेपालको सहज जित

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

बर्दघाट ।

मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । बहराइन विरुद्धको खेलमा नेपालले बहराइनलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नेपालका स्पिन बलर चम्कँदा बहराइन सस्तैमा धराशायी हुन पुग्यो ।  नेपालको जितमा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन रह्यो । उनले १० ओभर बलिङ गर्दै ४ मेडन ओभर सहित  मात्र १४ रन खर्चेर ५ विकेट लिएका थिए । यस्तै अर्का स्पिनर ललित राजवंशीले ३ खेलाडीलाई पवेलियनको बाटो देखाए । करन के।शी।ले २ विकेट लिए ।

नेपालले पाएको ८८ रनको झिनो लक्ष्य नेपालले २१  ओभरमा ३ विकेटको क्षतिमा भेटायो । नेपालका ओपनर ब्याटर अर्जुन कुमालले अविजित ३६ र रोहित पौडेलले अविजित १९ रन जोडे ।  पहिलो विकेटका  लागि आसिफ शेख र अर्जुन कुमालले ३९ रनको साझेदारी गरेका थिए । आसिफले १८ रनको योगदान गरे यस्तै देव खनालले १२ रन बनाउँदै पवेलियन फर्केका थिए । इशान पाण्डेले बहराइन विरुद्ध कमजोर प्रदर्शन गर्दै मात्र १ रनमा आउट भए । बहराइनका इमरान अनवरले नेपालका ३ खेलाडीलाई पवेलियनको बाटो देखाएका थिए ।

टस हारी पहिले ब्याटिङ गर्न मैदानमा उत्रिएको बहराइन सुरु देखी नै दबाबमा रह्यो । तेस्रो ओभरमै पहिलो विकेट गुमाएको बहराइन न त आक्रामक सट खेल्न सक्यो न त विकेट जोगाउन नै । बहराइनका लागि फैज अहमदले १५ मोहम्मद वासिमले १३ र अलि दाउदले १० रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।

नेपालले दोस्रो खेल बिहीबार मलेसिया विरुद्ध खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?