Butwal Today

भोटेकोशी बाढी : ९०३ जनाको शव भेटियो, १० हजार ४५१ जनाको उद्धार

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार बाढीपछि ४ हजार २२७ जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ ।

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ । बाढीमा परी २६७ जना घाइते भएका छन् । तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना सुरक्षाकर्मी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?