Butwal Today

त्रिशूलीको बाढीले चरौँदी झोलुङ्गे पुल बगायो

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ ।

आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले चरौँदीस्थित झोलुङ्गे पुल चुँडालेर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बाढीले त्रिशूली नदीमाथि धादिङको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको छ ।

बाढीको तीव्रताका कारण झोलुङ्गे पुल बग्ने अवस्थामा पुगेको गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?