© 2026
काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’ को फाइनलमा प्रवेश गरेका छन् ।
चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनल खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट फाइनलमा पुगेका हुन् । तीन राउन्डको प्रतिस्पर्धामा स्प्लिट डिसिजनका आधारमा ढाँट विजयी भएका हुन् ।
पहिलो जजले ढाँटको पक्षमा २९–२८ अंक दिएका थिए भने दोस्रो जजले कासिबको पक्षमा २९–२८ अंक दिएका थिए । तेस्रो जजले पनि ढाँटकै पक्षमा २९–२८ अंक दिएपछि ढाँट विजयी भएका हुन् ।
अब ढाँटले फाइनलमा र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
फाइनलमा विजयी भए ढाँट यूएफसीका लागि छनोट हुनेछन् ।