© 2026
काठमान्डौँ ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बुधबार आएको बाढीका कारण ती शव फेला परेका हुन् ।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८ र तनहुँमा २९ जनाको शव फेला परेको छ । सबैभन्दा धेरै २२१ शव चितवनमा भेटिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९७७ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना छन् । त्यस्तै, रसुवा र नुवाकोटबाट १६२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ ।