© 2026
काठमान्डौँ ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ४ सय ८९ पुगेको छ । शुक्रबार मध्यान्हसम्म ४ सय ८९ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना र चितवनमा १ सय ८६ जनाको शव फेला परेको छ । त्यस्तै, गोरखामा ४४ जना, तनहुँमा २९ जना र नवलपरासी पूर्वमा १ सय १२ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायबाट ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीलाई स्थानीयवासीले समेत सहयोग गरिरहेका छन् ।