Butwal Today

सरकारसँग शव प्याक गर्ने झोला नहुँदा भारतबाट ल्याइँदै

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलामा बढेको बहावका कारण आएको भोटेकोशी बाढीमा परी अहिलेसम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएका शवहरू सैनिक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरूले नदी तटीय क्षेत्रबाट सङ्कलन गरिरहेका छन् ।

नुवाकोट, धादिङ, चितवन, गोरखा, नवलपरासी पूर्व, तनहुँ र पश्चिम नवलपरासीका नदी तटीय क्षेत्रमा शवहरू भेटिएका छन् ।

बाढीमा परी मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि आवश्यक झोलासमेत अभाव भएको छ । शव प्याक गर्न प्रयोग गरिने झोला अभाव भएपछि सरकारले भारतबाट झोला मगाएको छ ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार शव व्यवस्थापनका लागि भारतबाट ६ हजार थान ब्याग मगाइएको छ । उनका अनुसार ती ब्याग आज नेपाल आइपुग्नेछन् ।

नदी तटीय क्षेत्रमा भेटिएका शवमध्ये न्यून सङ्ख्यामा मात्रै सनाखत भएको छ । सुरक्षा अधिकारीहरूका अनुसार अहिलेसम्म ६ जनाको मात्र शव पहिचान भएको छ । पहिचान भएका शवको पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?