© 2026
काठमान्डौँ ।
सरकारले चीनमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्किन सहजीकरण गर्ने भएको छ ।
यस सम्बन्धमा नेपाली राजदूतावास, बेइजिङले सूचना जारी गर्दै भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपाल–चीन सीमा क्षेत्र अवरुद्ध भएपछि चीनमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरण गरिने जनाएको हो ।
राजदूतावासले स्वदेश फर्कन सहजीकरण आवश्यक पर्ने नेपाली नागरिकलाई तोकिएका सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।
सूचनामा नेपाली महावाणिज्य दूतावास, ल्हासामा कार्यरत युवराज क्षेत्री तथा नेपाली दूतावास, बेइजिङमा कार्यरत सन्जु महर्जन र राजकुमार साहको सम्पर्क नम्बर उपलब्ध गराइएको छ ।
हेर्नुहोस् सूचना :
