© 2026
नुवाकोट ।
प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन आज नुवाकोटको विदुर आइपुगेका छन् ।
प्रधानमन्त्री शाह नेपाली सडकमार्गबाट विदुर आएका हुन् । प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा बसेका छन् ।
छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल रहेका छन् । उनीहरुलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराएका छन् ।