Butwal Today

बाढीपीडितका लागि ड्याडिज किचनद्वारा १ लाख बढीको सहयोग

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

बुटवल ।

चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण सयौँ नागरिक बेपत्ता भएका छन् भने हजारौँ मानिस घरबारविहीन बनेका छन् । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीयवासीले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् ।

बाढी प्रभावितलाई राहत तथा सहयोग उपलब्ध गराउन स्वदेशी तथा विदेशी संघसंस्थाले सहयोगको प्रतिबद्धता जनाउन थालेका छन् । यसै क्रममा ड्याडिज किचनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।

उक्त बाढीबाट प्रभावित नागरिकलाई राहत पुगोस भन्ने उद्देश्यले ड्याडिज किचनका सञ्चालक कमलजंग कुँवरले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

कुँवरले कुनै पनि नेपाली नागरिक अप्ठ्यारोमा पर्दा सबैको सानो–सानो सहयोगले पीडितको उद्धार तथा राहतमा महत्वपूर्ण योगदान पुग्ने बताए । अहिलेको विषम परिस्थितिमा बाढीपीडितलाई सहयोग गर्न सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न उनले आग्रहसमेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?