© 2026
काठमान्डौँ ।
रसुवामा आएको बाढीका कारण २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । बाढीका कारण आयोजनाको सुरुङ ९टनेल० भित्र ३५ जना मजदुर फसेका छन् भने इन्जिनियरसहित अन्य २५ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
कम्पनीका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का सचिव विजयमोहन भट्टराईका अनुसार आयोजनामा कार्यरत करिब ६० जना कर्मचारी तथा मजदुर हालसम्म सम्पर्कविहीन छन् ।
नदीको सतहभन्दा करिब १०० मिटरमाथि रहेको सुरुङमा काम गरिरहेका ३५ जना मजदुर सुरुङभित्रै थुनिएको भन्दै उनीहरूको तत्काल उद्धारका लागि सरकारसँग माग गरिएको छ ।