Butwal Today

मन्त्रिपरिषद् बैठकद्वारा रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्दै आवश्यक सम्पूर्ण काम अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयअन्तर्गत आवश्यक पर्ने काम पहिचान गरी स्थलगतरूपमै खटिनसमेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?