Butwal Today

विनाशकारी बाढी मलेखु बजार पुग्यो

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

रसुवा हुँदै त्रिशुली नदीमा आएको बाढी मलेखु बजार आसपासमा पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढी अबको करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले भदौ १० गते बिहान ११ः५० बजे एसएमएस अलर्ट जारी गर्दै पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गर्न अनुरोध गरेको हो ।

बाढीको जोखिम रहेका नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान तथा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?