© 2026
काठमान्डौँ ।
तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार नुवाकोटमा सबैभन्दा बढी क्षति वेत्रावती बजारमा भएको छ । त्रिशूली बजारमा पनि बाढीले क्षति पुर्याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजारसमेत बाढीले डुबाएको छ ।
मेयर श्रेष्ठका अनुसार बिहान करिब ९ बजेतिर बाढी नुवाकोटमा आएको जानकारी प्राप्त भएको थियो ।
‘बाढीले क्षति पुर्याएका स्थानहरूको विवरण यकिन गर्ने क्रममा छौँ,’ श्रेष्ठले भने ।
बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ ।