© 2026
काठमान्डौँ ।
अप्रत्याशित रूपमा आएको बाढी धादिङको गजुरी पुगेको छ । रसुवाबाट क्षति पुर्याउँदै आएको बाढी गजुरीसम्म पुगेको हो ।
चितवनस्थित मुग्लिन प्रहरीले बाढी गजुरी पुगेको जानकारी दिएको छ । बाढीका कारण सडक यातायात रोकिएको प्रहरीले जनाएको छ ।
नदी आसपासमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।