© 2026
रसुवा ।
रसुवामा आएको बाढीका कारण बोर्डर आउट पोस्ट ९बीओपी० मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूलाई सम्पर्क गर्ने प्रयास भइरहेको भए पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन ।
रसुवामा एक्कासि आएको बाढीले ठूलो क्षति पुर्याएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिए पनि क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।