Butwal Today

गृह मन्त्रालयमै मृतकका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपा महामन्त्रीको आपत्ति

८ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गरिमा चौधरीका आमाबुबाको भिडियो गृह मन्त्रालयमा खिचिएकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै आचार्यले यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने बताएका हुन् ।

‘गरिमा हत्याकाण्डमा जे भयो, त्यसबारे धेरै बोलिनँ । तर हामी सबैले मनन गर्नुपर्ने कुरा के हो भने हामी कस्तो समाज बनाइरहेका छौँ  ?’ उनले भने, ‘जहाँ मृतकका बुबाआमाले धन्यवाद दिएको भिडियो मन्त्रालयमै खिचिन्छ । त्यस्तै, मेडिकल परीक्षणका क्रममा आरोपितले बोलेका कुरासमेत सार्वजनिक रूपमा बाहिर ल्याइन्छ । यस्तो कार्य बन्द गरिनुपर्छ।’

आचार्यले पीडित परिवारको संवेदनशीलता र गोपनीयताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?