© 2026
काठमान्डौँ ।
सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सप्तरीका डीआईजी ओम अधिकारीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । उनका अनुसार ती व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको हो ।
शम्भुनाथ नगरपालिका–३ मा स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुन आइतबार मृत फेला परेकी थिइन् ।
परिवारका अनुसार सानिया आइतबार बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएको जानकारी पाएपछि परिवारका सदस्य र स्थानीयले खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला पारेका थिए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।