Butwal Today

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला

७ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।

स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन् । परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन् ।

त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको हो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?